दरबार भित्र २ वटा मोटरबोट अवलोकन गरेको १००

-


     सुरज श्रेष्ठ     
     असार २७ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा फेवाताल किनारमा रहेको रत्न मन्दिर अर्थात राजदरबार । तत्कालिन राजा पोखरा आउदा बस्ने ठाउ । देशमा राजा हटिसके पछि । नेपाल सरकारले ट्रष्ट बनाएर सर्वसाधारणका लागि खुल्ला गरेको रत्न मन्दिरमा मानिसहरु तत्कालिन राजाहरुको दरबार कस्तो हुदो रहेछ भनेर हेर्न जाने गर्दछ । विदाको दिन अलि बढि भिड हुने उक्त ठाउ अन्य दिन सरदर ७०/८० जना दरबार हेर्न आउने त्यहाँका इकाई प्रमुख मिन प्रसाद लामिछानेले बताए ।

रत्न मन्दिर भित्र लेउले ढाकिएको हिड्ने बाटो

मंगलबार पोखराका सुक गुरुङ दरबार हेर्न १०० रुपैयाको टिकट काटेर भित्र छिरे । उनले भित्र पुगेर दुईवटा मोटरबोट र झाडी हेरेर फर्के । सबै तिर चाबी ठोकेर राख्ने अनि के को लागि हामी सङ्ग १०० रुपैया लिएको ? उनले भने । टिकट काट्ने ठाउमा आएर उनले जता ततै चाबी लगाएर राख्ने अनि हामी सङ्ग १०० लिने भनेर टिकट काउन्टरका कर्मचारीलाई सोधे । कर्मचारीले सरकारी खातामा जाने हो टिकट बापतको रकम माथिबाट निर्देशन जे आयो त्यही गर्ने हो । लिनै पर्यो । के गर्ने । हुन पनि हो माथि बाट जे निर्देशन आयो कर्मचारीले गर्ने त्यही हो ।

रत्न मन्दिर भित्र झार पलाएर कुरुप भएको राजा बस्ने चौतरा

सुक गुरुङले नयाँ लिपि खबर लाई भन्दै थियो ठग सरकार । सर्वसाधारण लाई त्यसरी ठग्न पाईन्छ ? उनी रिसाउदै त्यसो भन्दै थियो । उनी १०० रुपैया तिररे भित्रको दोस्रो गेट छिर्ने बितिक्कै बाटोमा लागेको लेउमा चिप्लिएर लडे । ठुलो चोट लाग्न पाएन ।

१७४ रोपनी चार आना दुई पैसाको क्षेत्रफलमा फैलिएको उक्त दरबार २०६७ साल मंसिर २० मा नेपाल ट्रष्टको स्वामित्वमा आएको थियो । जनचाहना अनुरुप २०८० जेठ १५ गते देखि सर्वसाधरणको लागि खुलेको यो दरबार भित्र अहिले तत्कालिन राजाहरुले बोटिङ्ग गर्दा प्रयोग गर्ने दुई वटा मोटरबोट र बन्द भएको दरबारका अन्य संरचना बाहेक केहि देख्न पाइदैन ।

दिपेन्द्र र पारसले प्रयोग गर्ने मोटरबोट

रत्न मन्दिर भित्रको दरबारमा अहिले करार र स्थायी गरेर १५ जना कर्मचारी कार्यरत रहेको लामिछानेले बताए ।
“पुरात्तव र हाम्रो टीमले कसरी र कहिले देखि पूर्णरुपमा खोल्ने भन्ने विषयमा छलफल भईरहेको छ ।, यसलाई छिटो भन्दा छिटो निर्णयमा पुगेर खोल्ने व्यवस्था मिलाउदै छौ ।” उनले भने । टिकट काटेर भित्र छिरेका अन्य व्याक्तिहरुले पनि गुनासो गरेको उनले स्विाकारे ।

दरबार भित्र फुल सुकेको र लेउ लागेका गमला

२०/२१ दिन अघि मोटर साइकल ठोकिएर दरबारको बाहिरी गेटमा क्षति पुगेको छ । त्यसको हाल सम्म मर्मत हुन सकेको छैन । यस बारे त्यहाँका प्रमुख लामिछाने संग बुझदा उनले प्रकियामा जादाँ मर्मत ढिलाई हुन पुगेको र छिटै मर्मत हुने बताए ।

मर्मतको पखाईमा रहेको रत्न मन्दिरको मूल गेट

रत्न मन्दिरको इतिहास र दरबार भित्र के छ
पोखराको फेवाताल किनारमा रहेको रत्न मन्दिर तत्कालिन राजा महेन्द्रले आफ्नी रानी रत्नराज्यका लाािग वि.सं २०१५ सालमा बनाएका थिए । २०६२/६३ सालको जनआन्दोलन पछि स्व.राजा विरेन्द्र, रानी एश्वर्य र उनीहरुको परिवारको सम्पतिको व्यवस्थापन गरी राष्ट्रको हितमा प्रयोग गर्ने प्रावधान नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५९ मा भएको र सोही उद्धेश्य प्राप्तिका लागि २०६४ कार्तिक २० मा नेपाल ट्रष्ट अध्यादेश जारी गरि २०६४ मंसिर ६ गते नेपाल ट्रष्टको स्थापना भएको थियो । यस दरबारमा चीनका प्रधानमन्त्री,बेलायतका महारानी लगायतका विशिष्ट पाहुनाहरु बसोबास गरेको इतिहास छ ।

यस ऐतिहासिक रत्न मन्दिर भित्र तत्कालिन राजारानीको शयन कक्ष, पोखरा सवारीको बेला तत्कालिन रानीद्धारा पूजा आजा गर्ने तथा कपडामा इस्त्री गर्ने कोठा, राजाका छोरी ज्वाईहरुको शयन कक्ष, शाही नातेदार तथा वरिष्ठ पाहुनाहरुको शयन कक्ष, मनोरन्जन कक्ष, आराम कक्ष, डाइनिंग हल,राजा स्नान गर्ने स्थल,तत्कालिन राजा महेन्द्र र राजा विरेन्द्रले प्रयोग गर्ने मोटरबोट,राजा रानी बस्ने चौतरा लगायतका रहेका छन ।

तत्कालिन राजा महेन्द्र र विरेन्द्रले चढ्ने मोटरबोट