सहकारीको रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन

-


     नयाँ लिपि    
     असार २५ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडा अवस्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ ।

रक्तदानको पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले रक्तदानको महत्व बारे प्रकाश पार्दै महानगरभित्रका सहकारीहरुमा सम्स्या नपरेको बताए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको गगनकालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किसान परियारले बताए ।