वर्षाका कारण डुम्रेको जनजिवन अस्तव्यस्त पृथ्वी राजमार्गको काम ठप्प

-


     नयाँ लिपि    
     असार २३ गते २०८१ मा प्रकाशित


शम्भु श्रेष्ठ/तनहुँ । नेपालमा मनसुन भित्रिए सँगै हिजो देखि परेको अबिर वर्षाका कारण डुम्रे बजारको जनजिवन अस्त व्यस्त भएको छ । पृथ्वी राजमार्ग निर्माणको काममा पनि बाधा पुगेको छ। पृथ्वी राजमार्ग चक्ल्याने कार्य धमाधम भई रहेको अवस्थामा वर्षाका कारण दुई दिन देखि काम ठप्प भएको हो । सडकका ठाउँ ठाउँमा ताल परेका कारण सवारी साधन गुडन कठिक भइरहेको छ । जसको कारण सडकमा गुड्ने साधन कम छ । पहिरोको कारण सडक अवरुद्ध नहोस भनेर पहिरो हटाउन चाइनिज कम्पनी सि.सि.सि.सि ले काम गरिरहेको सुपरभाइजर सुगम श्रेष्ठले बताए ।

वर्षाका कारण विभिन्न ठाउँमा साना तिना पहिरो गई रहेको छ । यस्तो बेला दुर्घटना भई भौतिक एंव मानविय क्षति हुन सक्ने संभावना भएकोले जिल्ला प्रशासनले सुचना जारी गरेर त्यहाँका बासिन्दालाई सर्तक रहन भनेको छ ।