युरोकप : फ्रान्सको दबदबा कायमै

-


     नयाँ लिपि    
     असार २३ गते २०८१ मा प्रकाशित



युरोकपको गएराती भएको खेलमा पोचुर्गगललाई पराजित गर्दे फ्रान्सले आफ्नो दबदबा कायमै राखेको छ ।

भोल्कपार्कस्टेशन स्टेडियममा भएको क्वाटरफाइनल खेलमा पोर्चुगललाई पराजित गर्दे फ्रान्सले सेमिफाइनलको यात्रा तय गरेको हो ।
निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसके पछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
पोर्चुगलका जोआओ फेलिक्सको प्रहार पोस्टमा लागेर फर्किएपछि फ्रान्स टाइब्रेकरमा ५-३ गोलले विजयी भएको हो।

गएराति नै भएको अर्को खेलमा जर्मनीलाई उसकै घरमा पराजित गर्दै स्पेनले सेमिफाइनलमा प्रबेश गरेको छ । अब स्पेन र फ्रान्सबीच सेमिफाइनल भिड्ने छ ।

क्वाटरफाइनलको दुई खेल आज राति इंग्ल्याण्डले स्वीट्जरल्याण्ड र नेदरल्याण्ड्सले टर्किएसँग खेल्नेछ। विजयी हुने दुई टिम सेमिफाइनलमा भिड्नेछन्।