खेलाडी निशिम थापाको शालिक अनावरण

- शालिक ठडिएकोमा सबै खुसी स्थानलाई लिएर धेरै असन्तुष्ट

-


     सुरज श्रेष्ठ    
     असार २१ गते २०८१ मा प्रकाशित


पोखरा । पोखराको रंगशाला भित्र आज (बिहिबार) एक कार्यक्रम गरि स्व.निशिम थापाको शालिक अनावरण गरेको छ । पोखरा रंगशाला हाता भित्रको जग्गामा निशिम थापा फाउन्डेशनले पार्क निर्माण गरि उक्त स्थानमा स्व.थापाको शालिक राखेको हो ।

स्व.थापा नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागिय नेपाल आर्मीको तर्फ बाट प्याराग्लाईडिङ खेलाडीका रुपमा सहभागी भएका थिए । प्रतियोगिताकै क्रममा उनको दुर्घटनामा परि निधन भएको थियो ।

उनको सम्झनामा फाउण्डेशनले पार्क निर्माणको लागि पहल शुरु गरेको थियो । त्यही पार्कमा बनेको शालिकलाई लिएर अहिले टिका टिप्पणी सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले पार्क निर्माण गर्नको लागि राखेपले भौतिक र आर्थिक सहयोग गरेको बताए । शालिक भएको ठाउँ उपयुक्त नभएको विषयमा नयाँ लिपी अनलाइन न्यूज संग कुरा गर्दे गुरुङले भने निर्माण गर्दा कसैले केहि नभन्ने अहिले आएर विरोध गरेर केहि नहुने सुनाए ।

अनावरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिषिङ आउने पूर्व घोषित कार्यक्रम भए पनि मौसम खराबीका कारण उनी उक्त कार्यक्रममा उपस्थिीति हुन सकेन ।

सदस्य सचिव घिषिङ संग टेलिफोन मार्फत यस विषयमा बुझदा राखेपको ‘पोखरामा बसेका बोर्ड बैठकले स्व.थापाको शालिक रंगशाला परिसर भित्र बनाउन दिने निर्णय गरेका हौ,अहिले पार्क निर्माण भएकोे स्थान नै भनेर तोकेका चाँही होइनौ ।’ उनले भने । अहिले पार्क निर्माण भएको स्थान र शालिकको साइजमा उहाँको परिवारको भावना र इच्छालाई राखेपले कदर गर्दिएको घिषिङले सुनाए । स्व.थापाको शालिक राखेकोमा सबै खुसि छन ।

तर उनको शालिक राखेको स्थान उपयुक्त नभएकोमा धेरै असन्तुष्ट पाएको छ ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदारले अहिले शालिक भएको ठाउँ उपयुक्त नभएको बताउदै खेलाडीलाई राज्यले यस्ता किसिमको सम्मान दिएकोमा खुसी व्यक्त गरे ।

पोखरा रंगशाला खेल विकासको लागि बनेको हो । खेलाडीलाई राज्यले सम्मान गर्नु राज्यको दायत्व पनि हो । यसमा कसैको दुईमत देखिदैन । तर पार्क निमार्ण भएको स्थान र शालिकको साइजलाई लिएर धेरै असन्तुष्ट देखिएका छन ।

गण्डकी प्रदेश फेन्सिङ संघका अध्यक्ष विजय शाहीले खेल विज्ञहरुले गरेको कुरामा आफ्नो कुनै गुनासो नभएको बताउदै खेलाडीलाई राज्यले सम्मान गरेर स्थान दिएकोमा खुसी व्यक्त गरे ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले ओलम्पिक टर्च मुनि शालिक राख्न दिनु नै गलत भएको बताउदै शालिकको साइज ठुलो भएको सुनाए । यस्तै पोखराका वरिष्ठ फोटो पत्रकार सुर्दशन रञ्जितले पनि खेलाडीलाई सम्मान गर्नु राम्रो हो । तर स्थान सही नभएको धारणा व्यक्त गरे ।

पार्क निर्माणको लागि अहिले सम्म लगभग २१ लाख लगानी भई सकेको छ । जसमा राज्यले १५ लाख जति व्यहोरेको र ५/६ लाख फाउण्डेशको खर्च भएको फाउण्डेशनका अध्यक्ष एंव स्व.निशिम थापाका बुबा प्रकाश थापाले बताए ।

राष्ट्रको लागि खेल्ने खेलाडीको सम्झनामा उनलाई सम्मान गर्नु राष्ट्रको कर्तव्य पनि हो । उनको दुर्घटना पश्चात राज्यको तालुक निकायबाट शालिक रंगशालामा राखिने कुराले सम्पुर्ण खेलाडी,खेल संघ,खेलपत्रकार र खेलप्रमी सबै खुसी भएका थिए । तर अहिले स्व.निशिम थापा शालिक रंगशालाको ओलम्पिक टर्च भएको ठाउँमा अर्धकदको शालिक ठडिदै गयो त्यस पछि भने यस्ता प्रश्नहरु आउन थाल्यो ।

उनको शालिक रंगशालामा राखेकोमा कसैले विरोध गरेको भने होइन । तर उनको शालिक राख्ने ठाउँ उपयुक्त भएन भनेर मात्र आवाज उठाएको अधिकाशले सुनाए । हो पनि । ठाउँ सहि भएन । ठाउँको विषयलाई लिएर यस्तै असन्तुष्टीका स्वरहरु आएर स्थान परिवर्तन गर्नु पर्ने भए । अहिले बनेको संरचनाको क्षतिपूर्ति फेरि राज्यले व्यहोर्छ ?

ओलम्पिक टर्च अर्थात मशाल
आधुनिक विश्वमा ओलम्पिक खेलको महत्वपूर्ण स्थान छ । खेलकुदको संसारमा ओलम्पिक खेल सबैभन्दा ठुलो खेल प्रतियोगिता हो । प्रत्येक चार वर्षमा आयोजना हुने ओलम्पिक खेललाई खेलकुदको महाकुम्भ भन्ने गरिन्छ । यसैले प्रत्येक राष्ट्र ओलम्पिक खेलमा आफ्नो राष्ट्रको सर्वोैत्कृष्ट प्रदर्शन होस भन्ने चाहेर नै खेलकुदको क्षेत्रमा लगानी गर्दछन् । ओलम्पिक खेलमा पदकहरु जित्नु भनेको राष्ट्रको गौरव तथा सगरमाथाको टुप्पोमा पुग्नु जस्तै हो ।

ओलम्पिक टर्च अर्थात मशालले ओलम्पिकको खेलको सन्देश लिएर सबैलाई खेलमा सहभागी बन्न आग्रह गरेको मानिन्छ । खेलक्षेत्रका यति ठुलो महत्वको ओलम्पिक टर्चलाई नै छेक्ने गरेर बनेको संरचना प्रति अधिकाशले असन्तुष्टी पोखेका छन ।
खेलाडीलाई सम्मान गरेर करिब २५० स्कावयरको क्षेत्रफल उपलब्ध गराउने भनेको सकारात्मक पक्ष हो तर उनको सम्मानको खातिर बनेको संरचना र उनको शालिक लथालिङ्ग नबनोस ।