विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर एनसजेफ गण्डकीले वर्ष खेलाडीलाई स्कुटर हस्तान्तरण

-


     नयाँ लिपि    
     असार १९ गते २०८१ मा प्रकाशित


पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी (एनसजेफ) ले विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ मा उत्कृष्ट खेलाडी बन्न सफल पुरुष तथा महिला खेलाडीहरुलाई मंगलबार इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेको छ  ।

 स्कुटर प्राप्त गर्नेमा आईटिएफ टेक्वान्दोकी सुस्मिता थापा मगर र क्रिकेटका अर्जुन कुमाल रहेका छन । उनीहरुले बैशाख २८ गते सम्पन्न भएको पोखरा स्पोर्ट्स अवार्डमा पुरस्कार बापत ई. स्कुटर प्राप्त गरेका हुन । 

क्रिकेटका अर्जुन हाल नियमित अभ्यास खेलका लागि भारतमा रहेको हुँदा उनको पुरस्कार गण्डकी प्रादेशिक क्रिकेट संघका सेलेक्टर चन्द्रबहादुर गुरुङ ‘जिम्मी’ले ग्रहण गरे ।

उनीहरुलाई मञ्चका अध्यक्ष दीननाथ बराल र टेल्जी नेपालका पोखरा शाखा प्रमुख हिरा कोइरालाले संयुक्त रुपमा स्कुटर हस्तान्त्रण गरेका थिए । 

गत वैशाख २८ गते पोखरा सभागृहमा सम्पन्न भएको स्पोर्टस अवार्डको अन्र्तगतको वर्ष उत्कृष्ठ पुरुष तथा महिला विधाको पुरस्कार सम्पूर्ण प्रक्रियागत तरिकाले गर्दा केही समयपछि मंगलबार वितरण गरिएको मञ्चका अध्यक्ष एवं पोखरा स्पोर्टस् अवार्ड मूल आयोजक समितिका संयोजक बरालले जानकारी दिए ।

वार्षिकरुपमा मञ्चले आयोजना गर्ने स्पोर्टस् अवार्ड अन्तरगतका अन्य सातवटा विधामा प्रदान गरिने अवार्ड सोहि दिन वितरण गरिसकेको मन्चका सचिव शशी पौडेलले बताए ।