गोरखाका तमाङ लागु औषध सहित तनहुँमा पक्राउ

-


     नयाँ लिपि    
     असार १९ गते २०८१ मा प्रकाशित


तनहुँ । आँबुखैरेनी गाउँपालिका ४ बेनिटारस्थित सडकबाट नियन्त्रीत लागूऔषध ट्रमाडोल ९६ ट्याब्लेटसहित गोरखा पालुङटार नगरपालिका ५ बस्ने ३० वर्षीय शुभ प्रभात तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग।१ ख ४५६२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।