अनलाइन बेटिङ खेलाईरहेको आरोपमा तनहुँका श्रेष्ठ प्रहरी नियन्त्रणमा

-


     नयाँ लिपि    
     असार १८ गते २०८१ मा प्रकाशित


तनहुँ । अनलाइन बेटिङ खेलाईरहेको भन्ने गोप्य सुचनाको आधारमा तनहुँको भानु नगरपालिकाका ३ खहरेका ३२ वर्षिय अमृत कुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

श्रेष्ठले संचालन गरेको अनलाईन पसलबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनले अनलाईन बेटिङमा प्रयोग गरेको एक थान ट्याब,मोबाईल लगायतका सामाग्री सहित नियन्त्रणमा लिएको गण्डकी प्रदेश प्रहरीका सुचना अधिकृत प्रहरी वरिष्ठ निरिक्षक रविन्द्र रेग्मीले बताए ।

उनलाई जिल्ला प्रशासन कार्यालय तनहँबाट जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा म्याद थप अनुमती लिई थप अनुसन्धानकार्य भईरहेको प्रहरीले जनाएको छ ।