नमुना पत्रकार सम्मेलन

-


     नयाँ लिपि    
     असार १८ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टमा बीबीए आठौं सेमेस्टरका विद्यार्थीहरूले आइतबार नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् ।

पोखरा उद्योग बाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ७२ जना विद्यार्थीहरूले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए ।

बीबीए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरूलाई कार्यक्षेत्रको प्रत्यक्ष अनुभव गराउने सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको कलेजका बीबीए कार्यक्रम संयोजक हरी अधिकारीले बताए ।

कार्यक्रममा क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीहरूले यस्ता कार्यक्रमबाट आफ्नो व्यवसायिक जीवनमा अत्यन्त काम लाग्ने सीप सिकेकोमा खुसी व्यक्त गरे । यस कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ती तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिए ।

कार्यक्रममा पत्रकारहरू भरत कोइराला, शोभाकान्त सिग्देल र फडिन्द्र अकिञ्चनले विद्यार्थीहरूको प्रस्तुतीकरणमा टिप्पणी तथा मूल्यांकन गरे । पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकारहरूबाट आफ्नो नमुना पत्रकार सम्मेलनमा पृष्ठपोषण पाउँदा वास्तविक सिकाई भएको कार्यक्रममा सहभागी विद्यार्थी एन्जिला सुवेदीले बताइन ।

पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ । हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सय बढि विद्यार्थीहरू बीबीए र बीसीआईएस – आईटी० कार्यक्रममा अध्ययन गरिरहेका छन् ।