गार्डेन दर्पण लोकार्पण

-


     नयाँ लिपि    
     असार १७ गते २०८१ मा प्रकाशित


पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको आवधिक प्रकाशन गार्डेन दर्पण एक समारोहका बीच लोकार्पण गरिएको छ ।

दर्पणको लायन वर्ष २०२३÷२४ का जोन २८ का चियर पर्सन पूर्णमान लालचन, क्लब अध्यक्ष तुलबहादुर रानाभाट, समाजसेवी यमबहादुर गुरुङ, रमा पराशर र इलेक्ट अध्यक्ष ई. सुजित बिजुक्छेले संयुक्तरूपमा लोकापर्ण गरे ।

कार्यक्रमका प्रमुख अतिथि पूर्णमान लालचनले क्लबका गतिविधिसहित प्रकाशित गरेको गार्डेन दर्पणलाई आफ्नो कार्यकालको महत्वपूर्ण प्राप्तिका रूपमा लिएको बताए । उनले सेन्ट्रल गार्डेनले गरेका नमूना कार्यबाट आफू निकै प्रभावित भएको धारणासमेत राखे ।

समाजसेवी यमबहादुर गुरुङले,क्लबका संस्थापक अध्यक्ष हरिबहादुर भाट,पूर्व अध्यक्ष मिना रानाभाट,दर्पणका प्रधान सम्पादक असफल गौतम लगायतले मन्तव्य राखेका थिए । सोही कार्यकक्रममा क्लबले नेलम्बो नेपाल, डागर स्मृति प्रतिष्ठान, समाजसेवी यमबहादुर गुरुङ, सञ्जिपबहादुर बराल, ओमकृष्ण गुरुङ र महेशकुमार विश्वकर्मालाई सम्मान समेत गरेको थियो ।