हिले महोत्सवमा विदेशी पर्यटकले नयाँ स्वाद चाखे

-


     सुरज श्रेष्ठ    
     असार १६ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखराको फेवाफाँटमा भएको रोपाइँ महोत्सवमा विदेशी पर्यटकले नयाँ स्वाद चाखेका छन ।

बदलिदो समय सङै माटो सङ्गको सामिप्यता नभएको विदेशी पाहुनाले यस पटक फेवाफाटमा माटो सङ्ग लामो समय बिताए । खुशी खुशी ।  

महोत्सवमा २० देशका २ सय ५० भन्दा बढी विदेशी पर्यटकको सहभागिता रहेको आयोजक  पोखरा पर्यटन परिषदले जानकारी दिएको छ । 

उक्त महोत्सवमा हिले भलिवल प्रतियोगिता हिले दौड प्रतियोगिता, पर्यटकहरुको लागि हिलो दौड,पत्रकार तर्फको हिलेदौड,रस्साकसी प्रतियोगिता लगायतका प्रतियोगिता रहेको थियो ।

भलिवल तर्फ ६ टिम सहभागि भएकोमा ठुलाखेतको समुह प्रथम भयो ।

ठुलाखेतले भकुण्डेको समुहलाई पराजित गर्दै उपाधि सहित १२ हजार पुरस्कार प्राप्त गर्दा दोश्रो भएको भकुण्डे समुहले ६ हजारको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्रांप्त गर्यो । 

महोत्सवमा साङितिक कार्यक्रम अन्तरगत समिक्षा अधिकारी, प्रजापति पराजुली, निर्जला गुरुङ्ग, बालकाशी गुरुङ्ग लगायतले प्रस्तुती दिएका थिए ।

रोपाइँ महोत्सवमा सहभागी कृषकले कृषि भूमि संरक्षण गर्न नसक्दा कृषिमा परनिर्भरता बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषिमा आत्मर्निभर हुन कृषि भूमि जोगाउन र वैज्ञानिक खेती प्रणालीमा जोड दिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कृषि पर्यटनको रुपमा पर्यटकलाई आकर्षण गर्न रोपाइँ महोत्सव गर्दै आएको सुनाए । 

पर्यटकलाई आकर्षण गर्न कृषि, खेलकुद, चरा पर्यटन जस्ता गतिविधि नियमित सञ्चालन गर्नु पर्ने पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले बताए । 

पोखरामा ११ हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको र ३९ हजार ९ सय ६० मेट्रिक टन धान उत्पादन हुने पोखरा महानगरपालिका कृषि महाशाखाको तथ्याङ्क छ ।