हिले महोत्सवमा रमाए हेमजाली

-


     नयाँ लिपि    
     असार १६ गते २०८१ मा प्रकाशित


पोखरा । शनिबार सम्पन्न भएको हेम्जा हिले महोत्सबमा हेमजावासीको बक्लो उपस्थिति रहेको थियो । उक्त महोत्सवमा सबै उमेर समुहका व्याक्तिहरु रमाईलो गरिरहेको देखिन्थ्यो ।

देवीस्थान सेवा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा कृषि झाँकी सहितको शोभायात्रा मिलनचोक हुदै कार्यक्रम स्थल पुगेको थियो ।

उक्त महोत्सवमा हिले फुटबल, हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, म्युजिकल बेलुन, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता रहेको थियो ।

।महोत्सवमा अतिथिको रुपमा पुगेका प्रतिनिधीसभा सदस्य ज्ञानेन्द्र शाहीले हेमजा प्राकृतिक सुन्दरले भरिपूर्ण रहेको चर्चा गर्दै हेमजाको खेतीयोग्य जमिनको संरक्षण गर्नुपर्ने बताए । आर्थिक उपार्जन गर्न विदेश जाने परिपाटीको अन्त्य गर्नुपर्ने भन्दै शाहीले देशकै भूमिमा कर्म गरी अर्थोपार्जन गर्ने सपना देख्न सबैलाई सुझाव दिए ।

पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले हेमजाको पहिचानसँग हिले महोत्सव जोडिएको धारणा राख्दै पोखरा महानगरले हिले महोत्सवलाई विशेष प्राथमिकता दिएको सुनाए ।

त्यस अवसरमा नेपाली कांग्रेस वडा सभापति मधुसुदन त्रिपाठी, विष्णुपादुका माइस्थानका अध्यक्ष चुडामणि तिमिल्सीना लगायतले पनि धारणा राख्दै महोत्सवलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

महोत्सव अन्तर्गत भएको झाँकी ¥यालीतर्फ चापाघाट आमा समूह प्रथम, देवीस्थान आमा समूह दोस्रो तथा नेवा खलः हेमजा समूह तेस्रो भए ।

त्यस्तै ४० वर्ष माथिको पुरुष हिले दौडतर्फ महादेव सापकोटा पहिलो तथा प्रताप सापकोटा दोस्रो, हिले दौड महिला खुलातर्फ मीना नेपाली पहिलो साथै रमा भण्डारी दोस्रो हुन सफल भएको महोत्सव मूल आयोजक समितिका संयोजक हरीशरण पौडेलले जानकारी दिए ।

भाले समाउने प्रतियोगितामा धादिङ्का रमेश रानामगर विजेता बने । विद्यालय स्तरीय धान रोपाइ प्रतियोगितामा हेमजा बोडिङ पहिलो, विष्णुपादुका मावि दोस्रो र हेमजा बोडिङ कै समूह तेस्रो भए ।

हिले दौडमा अभिषेक बुढाथोकी प्रथम तथा उमेश विक दोस्रो बने ।

रस्साकस्सी प्रतिष्पर्धामा पाटा समाज पहिलो तथा सिम्पानी समूह दोस्रो, बच्चा दौड(पुरुष)तर्फ प्रशान्त सुनार प्रथम तथा कृष्ण थापा द्वितीय, महिलामा अपेक्षा केसी पहिलो यार्सा राना दोस्रो बनिन ।

हलगोरु दौडमा हरी परियार प्रथम, आशबहादुर परिवार दोस्रो र बुद्धिमान् गायक तेस्रो, हिले फूटबलमा विरास कुँवरको समूह पहिलो, जेनिस भण्डारीको समूह दोस्रो, रस्साकस्सी महिलातर्फ विश्वकर्मा आमा समूह प्रथम र अन्नपूर्ण आमा समूह दोस्रो, असारे गीत प्रतियोगितामा सुनझाक्री आमा समूह प्रथम, चापाघाट आमा समूह द्वितीय, माछापुच्छे« सेवा समाज तृतीय तथा जेष्ठ नागरिक महिला समूह सान्त्वना भएको आयोजकले जानकारी दिएको छ।

‘कृषिमा कृषकलाई प्रोत्साहनः विष्णुपादुका मन्दिर हेमजाको सान’ नाराका साथ स्थानीय देवीस्थान टोलमा महोत्सव भएको हो ।
महोत्सव मूल आयोजक समितिका संयोजक पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम संचालन उपसमितिका संयोजक परशुराम अधिकारीले गरेका थिए ।