बन्दिपुरमा रोपाईको चटारो

-


     नयाँ लिपि    
     असार १६ गते २०८१ मा प्रकाशित


शम्भु श्रेष्ठ, तनहुँ । बन्दिपुर १ हरियाली कृषक समूह नाहालाको आयोजनामा राष्ट्रिय धान दिवस कार्यक्रम सम्पन्न भएको छ ।

वि.स २०७६ मा प्रदेश सरकारको आयोजना र तत्कालीन वडा अध्यक्ष भानु भक्त पोखरेलको विषेश सहयोगमा बन्दिपुरमा १६० रोपनी जमिन चक्लाबन्दी भएको थियो । चक्लाबन्दी भए सँगै प्रत्येक वर्ष उक्त जमिनमा धान उत्पादन हुदै आएको छ ।

चैते धान प्रवर्धन कार्यक्रमको लागि पालिकाको उपस्थितिमा ज्ञान केन्दले गत वर्ष चैतमा कृषकहरुलाई चैते धान लगाएत विभिन्न कृषि औजार वितरण गरेको थियो । सो अनुसार बन्दिपुर १ मा मात्र ३०० रोपनीमा यस वर्ष चैते धान लगाइएको कृषक बासु पन्थले जानकारी दिए ।

याम्पा तनहुँको लागि कृषि पकेट क्षेत्र रहेको छ । यसै पालिका अन्तरगत उपल्लो फाट पनि कृषि पकेट क्षेत्रका लागि ज्यादै सम्भावना रहेको क्षेत्र हो । बन्दिपुर १ धान जोन क्षेत्रमा पनि सुचीकृत रहेको हुनाले यस क्षेत्रलाई स्थानिय सरकारको विषेश पहल हुनुपर्नेमा स्थानियहरुको माग छ । सो कार्यक्रममा बन्दिपुर गाँउपालिकाका अध्यक्ष सुरेद्र थापा र बन्दिपुर १ अध्यक्ष शिव श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।