पोखरा पर्यटन परिषदले हिले खेलकुद प्रतियोगिता गर्ने

-


     नयाँ लिपि    
     असार १३ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा पर्यटन परिषदको आयोजनामा हिले खेलकुद प्रतियोगिता गर्ने भएको छ ।
१९ औं संस्करणको असारे रोपाई महोत्सव २०८१ मा विभिन्न खेलकुद प्रतियोगिता हुने भएको हो ।

परिषदको आयोजनामा पोखराको फेवाफाँटमा हुने उक्त महोत्सवमा हिलोमा भलिवल, हिले दौड, पत्रकारको लागि हिले दौड, लगायतका प्रतियोगिता हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत महोत्सव संयोजक तारानाथ पहरीले जानकारी दिएको हो ।

उक्त हिले प्रतियोगितामा हुने भलिवल प्रतियोगितामा बिजेता टिमले १२ हजार र उपविजेताले ६ हजार प्राप्त गर्ने छ ।

रस्सा कसी तर्फको प्रतियोगिताको विजेतालाई ५ हजार र दोश्रो हुनेलाई ३ हजार प्राप्त गर्ने छ ।

खेतियोग्य जमिनलाई संरक्षण गरि बाझो जग्गामा खेति गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सबले पर्यट्न प्रबर्द्द्नमा पनि टेवा पुग्ने परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

महोत्सवमा करिब १० हजार पर्यटकले सहभागिता जनाउने श्रेष्ठले अनुमान गरेको छ ।

तिव्र शहरीकरणमा कारण मुख्य खाद्यान्न बालीका रूपमा प्रयोग गरिंदै आएको धान खेती विगतका केही समय यता खस्कंदै गरेको अवस्थामा छ ।

बिरुवा फाँट, कुंडहर फाँट, चाच्छेवढ्या, सेदिवगर, फेवा फाँट, अर्मला फाँट,महतगौडा,लामाचौर,लेखनाथ,काहुँखोला, पामेफटि जस्ता पोखरा महानगरपालिका भित्रका खेती योग्य जमिनको खण्डीकरणले उत्पादनमा ह्रास आईरहेको छ ।

खेती योग्य जमिनसंगै सिमसार, रामसार क्षेत्रको संरक्षण प्राकृतिक पोखराको सौन्दर्यलाई जोगाउन चुनौती बन्दै गईरहेको छ । यसको जगेर्नाको लागि सन्देश दिन पनि पोखरा पर्यटन परिषदले विगतमा जस्तै यस वर्ष असारे रोपाई महोत्सव आयोजना निरन्तरता दिन गइरहेको परिषदले जनाएको छ ।

परिषद तथा स्थानीय आयोजकको रूपमा पोखरा महानगरपालिका वडा नं २३ मार्गी। बगर टोल विकाश संस्था रहेका छन।

कार्यक्रमको प्रवर्द्धकक रूपमा गण्डकी प्रदेश सरकार नेपाल पर्यटन बोर्ड तथा पोखरा महानगरपालिका रहेका छन् ।

महोत्सवमा खेलकुद प्रतियोगिता साथ साथै सास्कृतिक तथा मनोरन्जनात्मक कार्यकम हुने छ । जसमा ख्याती प्राप्त राष्ट्रिय कलाकार समिक्षा अधिकारी , प्रजापति पराजुली,निर्जला गुरुङ , बाल काशी गुरुङ लगायतको प्रस्तुती रहने भएको महासचिव सञ्जयकान्त सिग्देलले बताउनु भयो ।