गण्डकी प्रदेश औषधी व्यवसायी संघको अध्यक्षमा तिवारी

-


     सुरज श्रेष्ठ    
     असार १२ गते २०८१ मा प्रकाशित


पोखरा । नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनले अध्यक्षमां केशरी तिवारीलाई सर्वसम्मत चयन गरेको छ ।
संघको सोमबार पोखरामा सम्पन दोस्रो अधिवेशनले आगामी तिन वर्षका लागि अध्यक्षमा तिवारी सहित सम्पूर्ण कार्यसमितिलाई सर्वसम्मत चयन गरेको हो ।
संघका बरिष्ठ उपाध्यक्ष दयानिधि पौेडेल, उपाध्यक्ष थोक तर्फ लक्ष्मी नारायण पराजुली, उपाध्यक्ष खुद्रा तर्फ धनु देबी पिया, महासचिव संजिव देवकोटा क्षेत्री, कोषाध्यक्ष सुरेन्द्र कुमार अग्रवाल, सचिव संगम बाबु श्रेष्ठ र उप–कोषाध्यक्ष यज्ञ प्रसाद शर्मा चयन भएका हुन ।

त्यस्तै सदस्यहरुमा थोक तर्फ मिलन श्रेष्ठ,दुर्गा प्रसाद अधिकारी,खुद्रा तर्फ कमला भण्डारी, चन्द्र राज रेग्मी महिला तर्फ उर्मिला बस्नेत रानाभाट र खुल्ला तर्फ नरहरी पनेरु,दिर्घ नारायण मरासीनी,राम बहादुर बल्कोटी र गणेशमान श्रेष्ठ चयन भएका हुन ।

यस अघि अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एंव गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधी व्यवसाय नाफा मुलक मात्रै नभएर सेवामुलक पेशा भएकोले सम्पूर्ण व्यवसायी जिम्मेवार ढंङ्गले सेवा प्रवाहमा लाग्न आग्रह गरे । राम्रो संग सेवा प्रवाह गर्नुस गण्डकी प्रदेश सरकार सधै तपाईहरुको साथमा छ ।’ उनले भने ।
विशिष्ट अतिथि एंव औषधी व्यवस्था बिभागका महानिर्देशक नारायण ढकालले व्यवहारिक पक्षलाई आत्मासात गरि कानुन कार्यान्यनलाई सार्थकता दिनु पर्ने बताए । कानुनले औषधीको रुपमा मान्यता नदिएको न्यूट्रास्युटिकल्सहरु आफुले बन्देज गरेको सुनाए ।

नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण पाण्डेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष प्रकाश कुमार खन्डेवाल,नेपाल औषधी व्यवसायी संघ कास्कीका अध्यक्ष धिरज गौतम,विभिन्न प्रदेश बाट आएका संघ र जिल्लाका अध्यक्ष लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा उपाध्यक्ष झलक शर्माले धन्यवाद ज्ञापन र संचालन महासचिव केशरी तिवारीले गरेको थियो।