यातायात क्षेत्रका मजदुर तथा व्यवसायीलाई तालिम

-


     नयाँ लिपि    
     असार ८ गते २०८१ मा प्रकाशित


पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा पर्यटन यातायात क्षेत्रका मजुदर(चालक/सहचालक) तथा व्यवसायीका लागि दुुई दिने तालिम आजदेखि सुरु भएको छ ।

तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले पर्यटनमैत्री वातावरणका लागि यातायात व्यवस्था राम्रो हुनुपर्नेमा जोड दिनुुभयो । यातायात व्यवस्थालाई सहज एवम् प्रभावकारी बनाउनका लागि राम्रो इन्जिनियरिङ भएको बाटो, सबारीसाधनको राम्रो इन्जिनका साथै यातायात शिक्षाको पालना आवश्यक भएकोमा उहाँले जोड दिनुुभयो ।

पर्यटक यातायात सेवामा सञ्चालन हुने सवारी साधनमा इम्बोष्ड नम्बर पहिचान दिने खालको बनाउन आवश्यक पहल भैरहेको बताउँदै उहाँले पहिचान भएको इम्बोष्ड नम्बर प्राप्त हुने विश्वास व्यक्त गर्नुुभयो ।

एनटिभिए गण्डकीका अध्यक्ष दुुर्गादत्त दहालले २४० प्रतिशत भन्सारका साथै वार्षिक नविकरण लगायतका कारणले पर्यटक यातायातका साधनहरू खरिद एवम् सञ्चालन खर्चिलो भएको बताउनुुभयो । विदेशी ठूलाठूला सवारी साधनहरू स्थानीय दृश्यावलोकन गन्तव्यमा पुुग्दा पर्यटन क्षेत्र अस्तव्यस्त बनिरहेको बताउँदै उहाँले ती सवारी साधनलाई व्यवस्थित पार्किङ गरी स्थानीय सवारीसाधनबाट दृश्यावलोकनको व्यवस्था मिलाउनुु जरुरी रहेको बताउनुुभयो । पर्यटक यातायात सेवाको प्रभावकारिताका लागि तालिम आयोजना गरिएको बताउँदै उहाँले तालिममा १०० जना भन्दा बढीको सहभागिता रहेको जानकारी दिनुुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त प्रमुख नविन पोखरेलले पर्यटक सवारी साधनहरूप्रतिको विश्वसनीयतालाई कायम गर्दै प्रभावकारी सेवामा निरन्तर लाग्नुुपर्ने बताउनुुभयो ।

एनटिभिए गण्डकीका पूर्व अध्यक्ष एवम् सल्लाहकार बोबरजंग गुुरुङले पर्यटक सवारी साधनको प्रभावकारिताका लागि वार्षिक क्यालेन्डर अनुुसार नै यातायात क्षेत्रमा कार्यरत मजदुर(चालक÷सहचालक) तथा व्यवसायीका लाति तालिम दिदै आइएको बताउनुुभयो ।

यस किसिमका तालिम दिदै आइएपनि बढ्दो विदेशिने क्रमले तालिमप्राप्त जनशक्ति टिकाउन भने मुस्किल हुने गरेको उहाँको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले हरियो नम्बर प्लेटका पर्यटक सवारी साधनहरु अधिकांशतः कम दुुर्घटना हुुनुका साथै राम्रो कण्डिशनमा रहने गरेको अनुुभव सुनाउनुुभयो ।

एनटिभिए गण्डकीका अध्यक्ष दुुर्गादत्त दहालको अध्यक्षता एवम् महासचिव विकास कंडेलले सञ्चालन गर्नुुभएको कार्यकम्रमा प्रथम उपाध्यक्ष रवि आचार्यले स्वागत गर्नुुभएको थियो । तालिमको संयोजकमा एनटिभिए गण्डकीका द्धितिय उपाध्यक्ष सूूर्यबहादुुर गुरुङ रहनुुभएको थियो ।