स्केटबोर्ड प्रतियोगितामा समिर भण्डारी प्रथम

-


     नयाँ लिपि    
     असार ८ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरामा आज भएको स्केटबोर्ड प्रतियोगितामा समिर भण्डारी प्रथम भएका छन ।

विश्व स्केटबोर्ड दिवसको अवसरमा नेपाल स्केटबोर्ड संघले आयोजना गरेको ११ औं जिल्ला स्तरीय खुल्ला स्केटबोर्ड प्रतियोगितामा भण्डारी प्रथम भएका हुन ।

उनले स्केटसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । सो प्रतियोगितामा सुमित गुरुङ द्धितिय र अनिस गुरुङ तृतिय भए । प्रथम भएका समिरले स्केटसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । द्धितिय भएका सुमितले स्केट ट्रक र तृतिय बनेका अनिसले सेफ्टी प्याडसहित मेडल र प्रमाणपत्र हात पारे ।

त्यस्तै आज नै सम्पन्न स्केटबोर्ड ट्रिक्समा पेम्थिलिङ शेर्पा प्रथम, अनिस गुरुङ द्धितिय र सुमित गुरुङ तृतिय भए । स्केट बिएमएक्स साइकल प्रतियोगितामा निशान राना प्रथम र सुरज विक द्धितिय बने ।

प्रतियोगितामा कम उमेरका सहभागी श्रवण कोइराला लगाएतका प्रथम र द्धितिय भएकाहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको संयोजक तारानाथ अधिकारीले जानकारी दिए । उक्त प्रतियोगितामा १३ जना खेलाडीले सहभागिता जनाएका थिए ।