अन्तर वडा भेट्रान्सकपको फाइनलमा पोखरा १२ र १३ भिड्ने

-


     सुरज श्रेष्ठ    
     असार ७ गते २०८१ मा प्रकाशित


पोखरा । हेमजा भेट्रान्स अन्तर वडा कपको फाइनलमा पोखरा १२ र १३ भिडने भएको छ । आज भएको सेमिफाइनलको पहिलो खेलमा पोखरा १० लाई ७–0 गोल अन्तरले पाखा लगाउदै पोखरा १२ ले फाइनलको ढोका खोलेको हो ।

पोखरा १२ का नितेश श्रेष्ठले खेलको ६ औ मिनेटमा नै गोलको खाता खोलेका थिए । उक्त खेलमा उनले ह्ेट्रिक गरे ।

त्यस्तै पोखरा १२ का सचिन जंग थापा,सुरज श्रेष्ठ,सन्तोष कार्की र दोस्रो हाफमा बैक्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका तिर्थ आर्चायले समान एक एक गोलको योगदान दिए । सो खेलमा म्यान अफ दि म्याच पोखरा १२ का नितेश श्रेष्ठ घोषित भए ।

आज नै सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पोखरा १७ लाई ३–१ गोलले पराजित गर्दे पोखरा १३ विजयी भएको हो ।

खेलको १६ औ मिनेटमा पोखरा १३ का राजकुमार गुरुङले गोलको खाता खोलेका थिए । पोखरा १३ का लागि नर जंग गुरुङले दुई गोल गरे । उनी खलको म्यान अफ दि म्याच घोषित भए । पोखरा १७ का बेद बहादुर थापाले सान्तना गोल फर्काएका थिए ।

हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगपालिकाको संरक्षणमा गैरि खेल मैदानमा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ असार १ गते देखि संचालन भएको हो । प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।