‘हेमजा भेट्रान्स कप’: क्वाटरफाइनका समिकरण पुरा

-


     सुरज श्रेष्ठ    
     असार ६ गते २०८१ मा प्रकाशित


पोखरा । ‘हेमजा भेट्रान्स कप’मा क्वाटरफाइनलका समिकरण पुरा भएको छ । बुधबार दुई खेल सम्पन्न भए संगै क्वाटरफाइनलका समिकरण पुरा भएको हो ।
आज सम्पन्न पहिलो खेलमा पोखरा १० ले आयोजक २५ लाई पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा गोल रहित बराबरी भए पछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा ५-३ गोल अन्तरले पराजित गर्दे पोखरा १० सेमिफाइनलमा पुगेको हो । पोखरा १० ले १२ संग भोलि सेमिफाइनलमा भिड्ने छ ।

त्यस्तै आज नै भएको दोस्रो खेलमा पोखरा १७ विजयी हुदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा १७ ले १ लाई ३–१ गोल अन्तरले पराजित गर्दे सेमिफाइनमा आफ्नो स्थान पक्का गरेको हो । पोखरा १७ को जितमा बेद बहादुर थापाले दुई र गम्बिर परियारले एक गोल गरे । पोखरा १ का लागि मिलन गुरुङले एक गोलको योगदान दिए ।उनको एक गोल जितको लागि प्रयाप्त भएन । भोलि पोखरा १७ ले पोखरा १३ को सामना गर्नेछ । सेमिफाइनका दुई खेल भोलि (बिहिबार) सम्पन्न गर्ने र शुक्रबार फाइनल खेल हुने आयोजकले जनाएका छ ।