हेमजा भेट्रान्स कप ः पोखरा १२ र १३ सेमिफाइनलमा प्रवेश

-


     सुरज श्रेष्ठ    
     असार ५ गते २०८१ मा प्रकाशित



पोखरा। हेमजा भेट्रान्स कपमा पोखरा १२ र १३ सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो खेलमा पोखरा १२ ले ६ लाई पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा १–१ को बराबरी भए पछि खेल पेनाल्टी सुटआउटमा धकेल्एिको थियो । पेनाल्टी सुट आउटमा पोखरा १२ ले ५–४ गोल अन्तरले पराजित गर्दे विजयी भएको हो ा उक्त खेलको म्यान अफ दि म्याच पोखरा ६ का बिष्णु बहादुर लामिछाने भए ।

त्यस्तै आज नै भएको दोस्रो खेलमा पोखरा १३ ले ५ लाई पराजित गर्दे सेमिफाइनल प्रवेश गरेको हो ।

पोखरा १३ ले ३–१ गोल अन्तरले पोखरा ५ लाई पराजित गर्दे विजयी भएको हो । सो खेलमा पोखरा १३ का अमित परियार म्यान अफ दि म्याच घोषित भए ।

हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ असार ७ गते सम्म संचालन हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।