हेमजा भेट्रान्स कप ः पोखरा १३ र १७ विजयी

-


     सुरज श्रेष्ठ    
     असार ४ गते २०८१ मा प्रकाशित


पोखरा। हेमजा भेट्रान्स कपको तेस्रो दिनको आज भएको खेलमा पोखरा महानगरपालिका १७ र १३ विजयी भएको छ ।

आज भएको पहिलो खेलमा पोखरा १७ ले ११ लाई २–० गोल अन्तरले पराजित गर्दे विजयी भएको हो । खेलको ४० औ मिनेट किसन गौचनले र ६२ औ मिनेटमा बेद बहादुर थापाले एक एक गोल गरे ।

आज नै भएको अर्को खेलमा पोखरा १३ ले ४ लाई ९–१ को भारी गोल अन्तरले पराजित गर्दे अगाडिको यात्रातय गर्यो । खेलको दोस्रो मिनेटमा नै पोखरा १३ का सुरेन्द्र गुरुङले गोलको खाता खोलेको थियो । सोही टीमका राज कुमार गुरुङको भागमा दुई गोल पर्यो । त्यस्तै राजेश गुरुङ,विजय कुमार श्रेष्ठ,.धनराज तमाङ,दर्शन श्रेष्ठ,भक्त गुरुङ र अम्बर बहादुर गुरुङले एक एक गोल गरे । पोखरा ४ का दर्या जंग रानाले सान्त्वना गोल फर्काएका थिए ।

हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ असार ७ गते सम्म संचालन हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार र सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक,डिफेन्डर,मिडफिल्डर,फरवार्डले जनही नगद २र२ हजार र ट्रफी प्राप्त गर्नेछन । सोही प्रतियोगिताको क्वाटरफाईनल देखिका प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषित गरि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । भोलि पोखरा १२ र ६ बिच पहिलो खेल हुने छ भने दोस्रो खेल पोखरा १३ र ५ बीच हुने आयोजकले जनाएको छ ।