गण्डकी प्रदेश यू–१९ भलिबल टीममा पर्नेको नाम सार्वजनिक 

-


     सुरज श्रेष्ठ    
     असार ४ गते २०८१ मा प्रकाशित


पोखरा । सहना प्रधान प्रतिष्ठानको आयोजना र भलिबल सघको व्यबस्थापनमा असार ९ गते बाट काठमाडौंमा सन्चालन हुने यु-१९ भलिबल प्रतियोगितामा भाग लिन जाने गण्डकी प्रदेशको महिला तथा पुरुष खेलाडीको नाम शनिबार सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक गरेको छ । 

गण्डकी भलिबल सघ नेपालकोको लेटर हेडमा सबै खेलाडीको नाम सार्वजनिक गरिएको खेलाडीहरुमा  महिलातर्फ कास्कीबाट ४ नवलपुर,म्याग्दी,बाग्लुङबाट २-२ जना र स्याङ्जा, पर्वतबाट १-१ जना गरि १२ जना को नाम उल्लेख रहेको छ । 

जसमा कास्कीका स्माइल पुन, सम्पदा गुरुङ , शोभा पाइजा र मनिषा राई रहेका छिन । नवलपुरबाट आशिका खत्री र ऐलिन घर्ती, म्याग्दीबाट रिक्जना बोटे र सजिना बुढाथोकी स्याङजा बाट  सोइङ थापा, नवलपुरका पृथ्वी गाहा मगर र अनुजा सारु, तथा पर्वतकी विष्णु क्षेत्रीको नाम सार्वजनिक भएको छ  ।

त्यसै गरी पुरुषतर्फ बाग्लुङका ४ , मनाङका ३,स्याङ्जाका २ र नवलपुर, पर्वत, तनहुँबाट १-१ जना  गरि १२ जना खेलाडी छनौटमा परेका छन् । 

जसमा बाग्लुङबाट सलोन चन्द, सूर्य विक, राजु परियार र सुपेन्द्र परियार, स्याङजाका जित बहादुर सुनार र सन्देश सुनार, मनाङका शुसिल सुनार, अश्विन सुनार र तेजेन्द्र कुंवर, नवलपुरका विश्वास अधिकारी, पर्वतका प्रताप परियार र तनहु का युक्सन थापा छनोटमा परेका छ्न । छनोटमा परेका सबै खेलाडीहरुलाई असार ५ गते देखि बन्द परिक्षणमा राखिने उक्त लेटर हेड जनाएको छ ।