नेपालले दियो बंगलादेशलाई १०७ को टार्गेट

-


     नयाँ लिपि    
     असार ४ गते २०८१ मा प्रकाशित


पोखरा । आइसिसी टी-२० विश्वकपमा नेपालले बंगलादेशलाई १०७ रनको टार्गेट दिएको छ ।

नेपालले बंगलादेशलाई १९ दशमलब ३ ओभरमा अल आउट गरी १०६ रनमा समेटेको हो। 

अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीको बलिङमा बंगलादेशका मुस्ताफिजुर रहमान रन आउट भएका थिए।

त्यसअघि नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल र सन्दीप लामिछानेले २/२ विकेट लिएका थिए। 

 नेपालका लागि सोमपाल कामीले खेलको पहिलो बलमै विकेट लिएका थिए। उनले बंगलादेशका ओपनर तान्जिड हसनलाई आउट गरे।

लगत्तै दोस्रो ओभरमा दीपेन्द्रसिंह ऐरीले नेपालका लागि दोस्रो विकेट लिए। दोस्रो ओभरको तेस्रो बलमा उनले बंगलादेशका कप्तान नजमुल हुसेन सान्तोलाई बोल्ड गरे।

नेपालले ४ दशमलब ३ ओभरमा तेस्रो विकेट लियो। सोमपाल कामीले लिटन दासलाई आसिफ शेखबाट क्याच आउट गराए।

५ दशमलब ४ ओभरमा चौथो विकेट कप्तान रोहित पौडेलले लिए। उनले बंगलादेशका टोहिड हृदोयलाई सन्दीप लामिछानेबाट क्याच आउट गराए।

८ दशमलब ६ ओभरमा बंगलादेशका महमुदउल्लाह सन्दीप लामिछानेको बलिङमा रन आउट भए।

११ दशमलब ४ औं ओभरमा कप्तान रोहित पौडेलले शाकिब अल हसनलाई बोल्ड गरे।

सातौं विकेट सन्दीप लामिछानेले लिए।

उनले १३ दशमलब २ ओभरमा बंगलादेशका तान्जिम हसन साकिबलाई बोल्ड गरे।

१५ दशमलब ३ ओभरमा  लामिछानेले जाकर अलीलाई बोल्ड गरे। नवौं विकेट दीपेन्द्र सिंह ऐरीले लिए।

उनले १७ दशमलब १ ओभरमा रिसद हुसेनलाई अनील साहबाट क्याच आउट गराए। 

यसरी सोमपाल कामीले ३ ओभरमा १० रन खर्चिएर २ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले २ विकेट लिन २२ रन खर्चिए। रोहित पौडेलले ४ ओभर बलिङ गरेर २ विकेट लिँदा २० रन खर्चिए भने चारै ओभर बलिङ गरेका सन्दीप लामिछानेले १७ रन खर्चिएर २ विकेट लिए।

कुशल भूर्तेलले ४ ओभर बलिङ गर्दा २२ रन खर्चिएर विकेटविहीन रहे। एक ओभर बलिङ गरेका अभिनास बोहरा १० रन खर्चिए। 

नेपालको घातक बलिङमा बंगलादेशका ओपनर तान्जिड हसन शून्यमा, लिटन दास १० रनमा, कप्तान नजमुल हुसेन शान्तो ४ रनमा, शाकिब अल हसन १७ रनमा, टोहिड हृदोय ९ रनमा, महमुदउल्लाह १३ रनमा, जाकर अली १२ रनमा, तान्जिम हसन शाकिब ३ रनमा, रिसद होसेन १३ रनमा, तास्किन अहमद १२ रनमा र मुस्ताफिजुर रहमान ३ रनमा आउट भए।