एसईई कप फुटसलको उपाधि भद्रकालीलाई

-


     नयाँ लिपि    
     असार ३ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा ७ मासबार रहेको मदरल्याण्ड माविको आयोजनामा आइतबार सम्पन्न भएको  दोस्रो मदरल्याण्ड एसईई कप फुटसल प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ ।

भद्रकालीले फाइनल खेलमा गोगन माविलाई पराजित गर्दे उपाधि जितेको हो । उपाधि जिते सङै भद्रकाली माविले  नगद ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।  

उपविजेता बनेको गोगन माविले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

त्यसै गरी तेस्रो हुदै ब्रम्हरुपा माविले नगद १० हजार र चौथो हुदै मदरल्याण्ड माविले नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताका विजेतालाई मदरल्याण्ड माविका प्रिन्सिपल नारायण बराल, विद्यालयका प्लस टु कोडिनेटर नारायण आचार्य लगाएतले पुरस्कार वितरण गरे को थियो । 

तीन दिन सम्म चलेको प्रयितोगितामा निजी र सामुदायिक विद्यालयबाट एसईई दिएका विद्यार्थीका ७२ टिमले भाग लिएका थिए ।