विद्यालय पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण

-


     नयाँ लिपि    
     असार ३ गते २०८१ मा प्रकाशित


तनहुँ । चण्डी देउराली क्लब शुक्लागण्डकी नगरपालिका वडा नं १ चण्डी मैदानले सोहि वडामा रहेको सिम्लेस्थित जनकल्याण प्राथमिक विद्यालयमा आज विद्यालय पोशाक तथा शैक्षिक समाग्री हस्तान्तरण  गरेको छ ।

क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक स्तर अभिबृद्धि गराउने उद्देश्यले करिब २५ हजार रुपैयाँ बराबरको विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको क्लबका अध्यक्ष सुमबहादुर रानाले बताए ।

क्लबका अध्यक्ष सुमबहादुर रानाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सन्चालन  विद्यालयका प्रधानाध्यापक मदबहादुर कुँवरले गरेका थिए । कार्यक्रममा क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।