‘हेमजा भेट्रान्स कप’: दोस्रो दिन ३ खेल सम्पन्न

- ६, १० र २५ क्वाटरफाईनलमा प्रवेश

-


     सुरज श्रेष्ठ    
     असार ३ गते २०८१ मा प्रकाशित



पोखरा। ‘हेमजा भेट्रान्स कप’ को दोस्रो दिनको आज भएको खेलमा पोखरा महानगरपालिका ६,१० र २५ विजयी भएको छ ।

जसमा पोखरा ६ ले १५ लाई २–० गोल अन्तर पाखा लगायो । पोखरा १० ले २० लाई ३–१ ले पराजित गर्दे अगाडिको यात्रातय गर्यो। त्यस्तै पोखरा २५ ले २९ लाई ५–२ गोल अन्तरले पराजित गर्दे क्वाटरफाईनलको लागि आफ्नो स्थान सुरक्षित गर्यो ।

हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ असार ७ गते सम्म संचालन हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार र सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक,डिफेन्डर,मिडफिल्डर,फरवार्डले जनही नगद २/२ हजार र ट्रफी प्राप्त गर्नेछन । सोही प्रतियोगिताको क्वाटरफाईनल देखिका प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषित गरि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

भोलि समुह ‘बि’ अन्तरगतको पोखरा ११ र १७ बिच पहिलो खेल हुनेछ । दोस्रो खेल पोखरा ४ र १३ बिच हुने आयोजकले जनाएको छ ।