‘हेम्जा भेट्रान्स कप’मा पोखरा महानगरपालिका १ को विजयी सुरुवात

-


     सुरज श्रेष्ठ     
     असार २ गते २०८१ मा प्रकाशित


पोखरा । पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कपमा पोखरा महानगरपालिका १ ले विजयी सुरुवात गरेको छ ।
पोखरा महानगरपालिका १ ले २५ लाई २–० गोल अन्तरले पराजित गर्दे विजयी भएको हो। पोखरा १ को जितमा राजु तमाङ र अन्तिम गुरुङले समान १/१ गोल गरे । पहिलो हाफको ३४ औ मिनेटमा राजु तमाङले गोल गर्दे टीमलाई अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको ८ औ मिनेटमा अन्तिम गुरुङले गोल गर्दे गोल संख्या दोब्बर बनाए ।

“युवा एकता र विकासका लागि खेलकुद” भन्ने मुल नाराका साथ हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा शनिबार देखि सुरु भएको प्रतियोगिता असार ७ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार र सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक,डिफेन्डर,मिडफिल्डर,फरवार्डले जनही नगद २/२ हजार र ट्रफी प्राप्त गर्नेछन । सोही प्रतियोगिताको क्वाटरफाईनल देखिका प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषित गरि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।