कबड्डीको रेफ्रि प्रशिक्षक प्रशिक्षण सुरु

-


     नयाँ लिपि    
     असार २ गते २०८१ मा प्रकाशित



पोखरा । पोखरामा शनिबार देखि कबड्डीको रेफ्रि प्रशिक्षक प्रशिक्षण सुरु भएको छ

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश कबड्डी संघको ब्यवस्थापनमा उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

उक्त प्रशिक्षण कार्यक्रमको उद्धघाटन प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले गरेका थिए । उनले
सबै खेलकुदको जग नै विद्यालय भएकोले गण्डकी खेलकुद परिषदले प्रशिक्षणका कार्यक्रमहरुलाई प्राथमिकता दिएको बताए । उनले यस्ता प्रशिक्षक प्रशिक्षण कार्यक्रमले यूवा खेलाडीहरु उत्पादन गर्न सहयोग पुग्ने उल्लेख गरे ।

कार्यक्रममा परिषदकी सदस्य एवं कार्यक्रम संयोजक निर्मला बरालले अनुशासित नागरिक उत्पादन गर्न खेलकुदको भूमिका रहेको जनाउँदै खेल शिक्षक लक्षित प्रशिक्षणले विद्यालयहरुमा प्रतियोगिताहरु आयोजना गर्न सहज हुने बताइन् ।

गण्डकी प्रदेश कबड्डी संघका अध्यक्ष पवन कुमार प्रजापतीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाका ३० जना खेल शिक्षकहरुको सहभागिता रहेको थियो ।

तीन दिन सम्म सञ्चालन हुने प्रशिक्षणमा अखिल नेपाल कबड्डी संघका सचिव एवं प्रशिक्षक तर्कराज भट्ट र गण्डकी प्रदेश कबड्डी संघका सचिव एवं प्रशिक्षक हरि जिशीले सहजिकरण गर्ने भएका छन् ।