यु–१५ विद्यालयस्तरीय खेलकुद अन्तरगत बुद्धिचालमा लुम्बिनी र बागमतीलाई स्वर्ण

-


     सुरज श्रेष्ठ    
     जेठ ३१ गते २०८१ मा प्रकाशित



पोखरा । यु–१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको बुद्धिचाल अन्तरग खुलामा लुम्बिनी तथा छात्रातर्फ बागमतीले स्वर्ण पदक जितेको छ

यता लुम्बिनी प्रदेशले सात चरणको खेलमा सतप्रतिशत जित सहित १४ अंक जोड्दै स्वर्ण पदक हात पारेको हो ।

बागमती ११ अंक सहित रजत पदक तथा सुदूर पश्चिम ९ अंक सहित कास्य पदक ल्याउन सफल भएको छ ।

यसै गरी छात्रा तर्फ बागमतीले सत प्रतिशत जीतसहित स्वर्ण पदक ल्याउन सफल भएको छ ।

बागमतीको जीतमा रिया श्रेष्ठको प्रेरणादायी प्रदर्शन सफल रह्यो । यसै महिना सम्पन्न नवौँ राष्ट्रिय महिला च्याम्पियनसिपमा पाँचौँ स्थान हात पारेकी रियाले यस प्रतियोगितामा सत प्रतिशत स्कोर गरेकी हुन् ।

लुम्बिनीले चौथो चरणमा बागमतीसँग १–३ ले पराजित हुनु बाहेक अन्य खेलमा हार सहन परेको थिएन । बागमतीको टोलीमा रियाको अलावा राष्ट्रिय च्याम्पियनसिपको अनुभव बटुली सकेकी श्रीसा दुवाल पनि समावेश थिइन् । अन्य खेलाडीमा एन्जल महर्जन र प्रकृति राई थिए ।