संविधानको पालना गर्नु आफ्नो कर्तव्य हो : उम्मेदवार पौडेल

-


     नयाँ लिपि    
     फागुन १३ गते २०७९ मा प्रकाशित


???? ??? ???? ?????????? ?????? ?????????? ???? ?????????? ???????? ????????????????? ???????? ?????????? ?????? ?????????? ?????? ???? ????????? ????? ? ?????? ? ???? ???????, ????

काठमाडौं, फागुन १३ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने बताउनुभएको छ ।

शुक्रबार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै वरिष्ठ नेता पौडेलले संविधानको अक्षर र भावनालाई अक्षरशः पालना गर्नु आफ्नो कर्तव्य हुने बताउनुभएको हो ।

गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतामा आएको सार्वभौमसत्तालाई बलियो र सुरक्षित राख्नुपर्ने अवस्था आएको भन्दै उहाँले त्यसनिम्ति आफ्नो भूमिका हुने बताउनुभयो । उहाँले राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई सबल बनाउन आफ्नो सहयोग हुने धारणा राख्नुभयो । त्यस्तै राष्ट्रिय एकताको लागि पनि आफ्नो भूमिका हुने उहाँको भनाइ छ ।

‘‘नेपालको संविधान २०७२ को अक्षर र भावनालाई अक्षरशः पालना गर्ने मेरो कर्तव्य हो । देशको संविधानको रक्षा गर्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई साकार गर्ने र गणतन्त्रलाई संस्थागत गर्ने अहिलेको चुनौती छ । गणतन्त्र संस्थागत गर्नुपरेको छ । नेपाली जनताको हकमा आएको सार्वभौमसत्तालाई बलियो गरेर सुरक्षित राख्नुपर्ने छ ।,’’ उम्मेदवार पौडेलले भन्नुभयो, ‘‘नेपालमा आएको परिवर्तनको रक्षा गर्दै नेपालको उन्नतिलाई अगाडि बढाउने, नेपाली जनताको उन्नति, नेपाल राष्ट्रको एकता र राष्ट्रिय अखण्डता, राष्ट्रलाई जोगाउने । राष्ट्रियतालाई सबल बनाउने काममा मेरो सहयोग हुन्छ । मैले अपेक्षा गरेको हो सर्वसम्मत हुन् । सम्भवतः त्यो पनि चुनावको दिनसम्म हुन्छ की । त्यसमा म कोसिस गर्दैछु । एमाले अध्यक्ष पनि मसँग जेलमा बस्नुभएको हो धेरै समय । पुरानो साथी हो । उहाँले पनि यो राष्ट्रमा सबैको साझा पद बनाउनलाई उहाँले योगदान गर्नुहोला भन्ने मैले विश्वास गरेको छु ।’’

उहाँले राष्ट्रपति निर्वाचनको दिनसम्ममा आफू सर्वसम्मत निर्वाचित हुन कोसिस गर्ने बताउनुभयो । वरिष्ठ नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानो साथी भएको स्मरण गर्दै आफूलाई सर्वसम्मत बनाउन ओलीको योगदान हुनेमा विश्वास व्यक्त गर्नुभयो ।