पोखरामा प्रदेशस्तरीय खेलकुद पत्रकारिता तालिम आज बाट सुरु

-


     नयाँ लिपि    
     असाेज ४ गते २०७९ मा प्रकाशित


असाेज २८ देखि कार्तिक ३ गतेसम्म हुन लागेकाे नवाै राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ काे लागि गण्डकी प्रदेशस्तरीय पत्रकारिता तालिम/प्रशिक्षण सुरू गरिएकाे छ ।


पाेखरा-६ लेकसाइडस्थित वरपिपल रिसाेर्टमा दुई दिने तालिम आयाेजना गरिएकाे नेपाल खेलकुद पत्रकार मन्च गण्डकीका अध्यक्ष दिननाथ बरालले जानकारी दिए । नवाै राष्ट्रिय खेलकुद ३९ वर्षपछि पाेखरामा संचालित हुँदै छ । तालिममा प्रदेशभरका पत्रकारकाे सहभागिता रहेकाे छ ।