गभर्नर अधिकारीले राजीनामा दिनुपर्छ : प्रधानमन्त्री

-


     नयाँ लिपि    
     असार ३१ गते २०७९ मा प्रकाशित


फाइल फोटो

काठमाडौं, ३१ असार ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।

एम अधिकारी, खोटाङको नाममा नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा सहभागि भएपछि गभर्नर अधिकारी विवादमा परेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुपर्ने बताएका हुन् । बैठकमा सहभागी एक नेता भन्छन्, ‘नेताहरुले कुरा उठाउनु भएको थियो । प्रधानमन्त्रीले भन्नुभयो– नैतिक रुपमा पनि राजीनामा दिनुपर्छ । राजीनामा दिनु बाहेक के विकल्प हुन्छ र ?’

गभर्नर अधिकारीले आफू एमालेको विभागको सदस्य हो की होइन भनेर पत्राचार गरेर प्रश्न सोधेपछि उनीमाथी झन आशंका बढेको हो । त्यसैगरी उनी यस अघि महाप्रसाद अधिकारीको नामबाटै उक्त विभागको सदस्य रहेको र अहिले एम अधिकारीको छद्म नाम राखेर सदस्य बनेको विषयमा एमालेले आधिकारीक र तथ्यगत ढंगले खण्डन गरी अर्को एम अधिकारी देखाउन नसेकोकाले उनी नै उक्त विभागको सदस्य रहेको र सरकारको काममा पटक पटक असहयोग गर्दै आएको कुरा प्रमाणित भइसकेको छ ।
 त्यसैगरी उनले आफ्नो शैक्षिक योग्यता ढाँटेर नियुक्ति लिएको समेत पुष्टि भइसकेको छ । सो विषयमा अदालतमा मुद्धा विचाराधिन रहेकै अवस्थामा उनले लगानी बोर्ड र गभर्नरको जिम्मेवारी निर्वाह गरेका हुन् ।