नेप्से परिसूचक ६० अङ्कले बढ्याे

-


     नयाँ लिपि    
     कार्तिक ४ गते २०७८ मा प्रकाशित


आज शेयर बजार नेप्से परिसूचक ६० दशमलव ५६ अंकले बढेर २,५७१ दशमलव ६६ को विन्दुमा पुगेको छ । आज सबै उपसुचक बढेका छन् । आज सबैभन्दा धेरै फाइनान्स उपसुचक ५ दशमलव ८१ प्रतिशतले बढेको छ ।

आज दिनभरिमा २१७ वटा कम्पनीको ६१ करोड १ लाख ४१४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ९० लाख २८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ९ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै हिमालयन डिस्टीलरीको ७ करोड ८१ लाख, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ७ करोड ३१ लाख र अपि पावर कम्पनीको ६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज सबैभन्दा धेरै एनआइबिएल प्रगति फण्डका इकाईधनीले गुमाएका छन् ।